बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेगेटिभ भूमिका खेल्ने चाहना रुद्रले पूरा गर्यो’

मङ्गलबार, ०३ साउन २०७४, १५ : १५
मङ्गलबार, ०३ साउन २०७४

काठमाडौं – एक्सन अभिनेता निखिल उप्रेती नेगेटिभ भूमिकामा दर्शक माँझ आउँदैछन् । यहि साउन १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’मा उनको खलभुमिका देख्न पाइन्छ । चलचित्रमा उनले दुई प्रेमी बीचको प्रेममा भाजो हाल्ने काम गरेका छन् । 


‘रुद्र’को नेगेटिभ भूमिका आफैले रोजेको अभिनेता निखिलले बताए । रातोपाटी लाइभमा कुरा गर्दै निखिलले नेगेटिभ अभिनय गर्ने आफ्नो चाहना ‘रुद्र’ले पूरा गरेको सुनाए ।


‘चलचित्र भित्र नेगेटिभ क्यारेक्टरको पनि धेरै महत्व हुन्छ’ निखिलले भने ‘नेगेटिभ नभए चलचित्र हँुदैन भन्ने मैले रुद्रमा देखाउन खोजेको छु ।’


रुद्र निखिल आफैले निर्माण गरेको चलचित्र हो । चलचित्रमा उनको अलवा  सारा र विश्व शर्माको अभिनय रहेको छ । 


हुन त निखिलको परिचय नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन नायक’को बनेको छ । यो चलचित्रबाट आफू भिलेनको रुपमा पनि स्थापित हुने निखिलले सुनाए ।


चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा निखिल र विश्व दुई नायक रहेका छन्, भने सारा एक्ली नायिका हुन् । साराले चलचित्रको पर्दा भित्र विश्व र आफूसँग एकसाथ रोमान्स गरेको कथा निखिलले कुराकानीको क्रममा खोले । 


रुद्र रामजी लामिछानेले निर्देशन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप