बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित

शनिबार, ०२ भदौ २०७५, १९ : ५८
शनिबार, ०२ भदौ २०७५

काठमाडौँ । भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । 

तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । 

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो । 

खेलको शुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । पहिलो हाफसम्म १–० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ५८औं र ५५औँ मिनेटमा गोल गरिन् । 

२–१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औँ मिनेटमा पुनःगोल खायो । यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र भारतबीच खेल हुनेछ । 

बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै भुटान बङ्गलादेशसँग ५–० ले पराजित भएको थियो । 

नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग २८ गते ३–० ले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप