बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बान्ता गरेको अवस्थामा शिक्षक भट्टराई आफ्नै कोठामा मृत अवस्थामा फेला

शनिबार, ०२ भदौ २०७५, २१ : १०
शनिबार, ०२ भदौ २०७५

खोटाङ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् । 

बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । 

उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृत्युको कारण खुल्न नसकेको पनि उनले बताए । 

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । उनको आफन्त आएपछि मात्र शवपरीक्षण हुने प्रहरीले जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप