३१ वर्षको उमेरमा भएको थियो यी नायिकाको मृत्युः १२ वर्षमा गरिन् १ सय १४ फिल्ममा काम
‘सूर्यवंशम’ (सन् १९९९) रिलिजको समयमा फ्लप भएपनि आज सबैभन्दा चर्चित फिल्ममध्येको एक हो । फिल्ममा अमिताभ बच्चनको अपोजिट साउथ इंडियन फिल्मकी नायिका सौन्दर्या उघु देखिएकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु भयो । त्यतिबेला उनको उमेर ४१ वर्ष थियो र उनी गर्भवती थिइन् । तर परिवारले उनको मृत शरिर पनि पाएनन् ।
१२ वर्षको करियरमा गरिन् १ सय १४ वटा फिल्ममा कामः
सन् १९९२ मा कन्नड फिल्म ‘गन्धर्व’ सँग ठूलो पर्दामा डेब्यू गरे । यसैवर्ष उनले तेलुगु भाषाको फिल्म ‘राइथु भाराथम’ पनि गरिन् ।
१२ वर्षको फिल्मी करियरमा सौन्दर्याले १ सय १४ वटा फिल्ममा काम गरेकी थिइन् । मृत्यु पछि अगस्ट सन् २००४ मा उनको अन्तिम फिल्म ‘अप्थामित्र’ रिलिज भएको थियो जुन कन्नडमा बनेको थियो ।
यसरी भएको थियो सौन्दर्याको मृत्युः
सन् २००४ को अप्रिल १७ को कुरा हो । सौन्दर्या भारतीय जनता पार्टी र तुलुगु देशम पार्टीको उम्मेद्वारको चुनाव प्रचारका लागि करीमनगर गइरहेकी थिइन् ।
बिहान ११ बजेर ५ मिनेटमा यो चार सिेट प्राइभेट एयरक्राफ्टले बेंगलुरुको जक्कुर एयरफिल्डबाट उडान भर्यो र करिब सय फिट माथि गएपनि दुर्घटनाग्रस्त भयो ।
एयरक्राफ्टमा सौन्दर्याका साथै उनका भाइ अमरनाथ, हिन्दु जागरण समितिका सेक्रेटरी रमेश कदम र पाइलट जोय फिलिप थिए ।
मृत्यु हुनु केही महिना अघि मात्र सौन्दर्याले भाजपा ज्वाइन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन