बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सी : क्याप्टेन फ्यान्टास्टिक

आइतबार, ०३ भदौ २०७५, १२ : १५
आइतबार, ०३ भदौ २०७५

एजेन्सी । धेरैले लियोनेल मेस्सीको नेतृत्वदायी क्षमतामाथि प्रश्न उठाउने गरेका थिए, बार्सिलोनामा कसैले नगरे पनि ।

त्यही भएर आन्द्रेस इनियेस्टाको उत्तराधिकारी खोज्दा बार्सामा एक मात्र उपयुक्त दाबेदार थिए, मेस्सी ।

‘हामी यो सिजन आन्द्रेसलाई मिस गर्ने छौँ,’ मेस्सीले बार्साका समर्थकहरुलाई भनेका थिए, ‘तर, म मेरो जिम्मेवारीबाट भाग्ने छैन ।’

बार्साका समर्थकहरु मेस्सीप्रति विश्वस्त थिए । 

सन् २०१८ मा रुसमा आयोजित विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि मेस्सीको कप्तानीमाथि फेरि एक पटक प्रश्न तेर्साइयो । 

तर, क्याटालुनियाका लागि भने मेस्सी पछिल्लो एक दशक नेतृत्वकर्ता र उद्धारकर्ता बन्दै आएका थिए ।

शनिबार आलाभेसबिरुद्ध ला लिगाको पहिलो खेलमा मेस्सीले फेरि एक पटक पूरै टोलीको बोझलाई आफ्नो काँधमा उचालेका थिए, जसरी उनले गत सिजनभर गरेका थिए ।

बार्सिलोनाका पूर्व डिफेन्डर रहिसकेका आलाभेसका अबेलार्डो फर्नान्डेजले खेलअघि क्याम्प नाउमा आयोजकका लागि खेल कठिन बनाउने घोषणा गरेका थिए । 

पहिलो ४५ मिनेटमा उनीहरु सफल पनि भए ।

दोस्रो हाफमा भने आलाभेसको प्रतिरोध टिक्न सकेन । खेलको ६४ औँ मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उक्त गोल बार्सिलोनाको लिगमा ६ हजारौँ गोल थियो । 

यसमध्ये मेस्सीले क्लबका लागि ६.४ प्रतिशत गोल गर्न सफल भएका छन् ।

त्यसपछि, फिलिपे काउन्टिन्होले बार्साको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा लुइस सुवरोजको पासमा दोस्रो गोल थपे ।

योसँगै मेस्सीले लगातार १५ औँ ला लिगा सिजनमा गोल गर्न सफल भएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप