शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्यन र सृष्टिको ‘बाँधमायाले’को पहिलो सो अष्ट्रेलियामा

आइतबार, ०३ भदौ २०७५, १३ : ०६
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँधमायाले’को पहिलो सो अष्ट्रेलियामा गरिएको छ । 

१८ अगष्टमा आयोजित प्रिमिएरमा अभिनेता आर्यन सहभागी भएका थिए ।फिल्मका सह–निर्माता महेन्द्र अधिकारीले प्रिमियर शो गर्ने व्यवस्था मिलाएका हुन् । 

आज पनि अष्ट्रेलियाको हर्टसभिलमा शो राखिएको छ । त्यहाँ पनि नायक अधिकारीले सहभागीता जनाउने निर्माण युनिटले बताएको छ । अष्ट्रेलिया पछि २८ अगष्टमा चलचित्र अमेरिका स्थित सान्फ्रान्सिस्कोमा पनि सो हुँदैछ । त्यहाँ पनि आर्यन सहभागी हुनेछन् ।

सविर श्रेष्ठले निर्देशन गरेको फिल्म ‘बाँधमायाले’मा आर्यन र सृष्टि को अलवा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको अभिनय रहेको छ । 

५असोजदेखि प्रदर्शनमा आउने चलचित्र रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माणमा तयार भएको हो । चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सह–निर्माताको रुपमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप