बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यूयोर्क टाइम्सले मस्कोसँगको साँठगाँठबारे लेखेपछि बोले डोनाल्ड ट्रम्प

आइतबार, ०३ भदौ २०७५, १३ : २३
आइतबार, ०३ भदौ २०७५

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन् ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । मुलरको टोलीले म्याकगानसँग तीन पटकमा ३० घण्टा भन्दा बढी अन्तर्वार्ता लिएको थियो । 

‘मैले ह्वाइट हाउसका सहयोगी डन म्याकगान समेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,’ ट्रम्पले ट्वीटमा भनेका छन् । ‘यसबाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौं । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अबरोध पनि छैन । अनावश्यक खेदो मात्र ।’ 

ट्रम्पको विचारमा विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धान आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनामी गर्ने मात्र हो, र उनले यो अनुसन्धान तत्काल टुङ्ग्याउनु पर्दछ भनी बारम्बार दबाब दिइरहेका छन् । 

टाइम्सका अनुसार म्याकगानमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाही लगायतका पेचिला प्रश्नहरु सोधेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप