शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी धनाढ्य जसले आफ्नो खाली समय शहरको फोहोर टिपेर बिताउँछन्

आइतबार, ०३ भदौ २०७५, १३ : २३
आइतबार, ०३ भदौ २०७५

अडिटी सेन्ट्रल

चीनको चोङ्किनाका एक सफल व्यवसायी झोंग कंगरोग आफ्नो खाली समयमा शहरको फोहोर टिप्ने गर्छन् । ‘करोडपती फोहोर संकलक’ भनेर चिनिने उनले बिगत तीन वर्षदेखि शहरका फोहोर टिपिरहेका छन् ।

५२ वर्षे यी व्यवसायीले तीन वर्ष अघि चीनियाँ नयाँ वर्ष मनाउन चीनका हैनान प्रान्त जाँदा एक अवकाशप्राप्त प्राध्यापकले फोहोर टिपिरहेको देखेका थिए । विश्वविद्यालयका ती प्राध्यापकले चार वर्ष अघिदेखि स्थानीय समुन्द्री तटका फोहोर संकलन गरिरहेको थाहा पाएपछि उनको त्यस्तो बानी आफूले पनि अनुशरण गर्ने सोच बनाएको र त्यतिबेलादेखि नै शहरका फोहोर संकलन गरिरहेको जानकारी दिए ।

कंगरोंगको फोहोर टिप्ने बानीलाई सुरुमा मानिस र मिडियाले त्यति पचाएनन् । रियल स्टेट कारोबारी, कार डिलरशिप र विभिन्न फ्याक्ट्रीका मालिकले पब्लिसिटी स्टन्टका लागि शहरको फोहोर संकलन गरिरहेको भन्ने मानिसको कमी रहेन तर उनलाई ती नकारात्मक टिप्पणीले केही असर पारेन ।

कंगरोंग यस्तो व्यवहारले सुरुमा उनको परिवारसमेत जिल खाए । मिडियाको नकारात्मक टिप्पणीपश्चात् उनकी श्रीमती र छोराछोरी निकै लज्जित भए र सार्वजनिक रुपमा कंगरोंगसँग देखिनै छाडे । तर समयसँगै मानिसहरुको धारणा पनि परिवर्तन भए । कंगरोंगले गर्दा आफ्नो शहर सफा पाएपछि कुनै बेलाका आलोचकले उनको प्रशंसासहित समर्थन गर्न थाले ।

फोहोर संकलन गर्नेबेला ती करोडपती सुन्तला रंगको टिसर्ट लगाउँछन् । उनले आफ्नो अफिसमा फोहोर गर्ने कर्मचारीलाई १० युआन जरिवाना पनि तोकेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप