टोखाबाट सुरु बिपिन र बर्षाको ‘गोपी’
काठमाडौं – पत्रकार दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘गोपी’को छायाँकन सुरु भएको छ । चलचित्रको छायाँकन आज आइतबारबाट सुरु भएको हो । निर्देशक दीपेन्द्र लामाले चलचित्रको छायाँकन सुरु भएको जानकारी फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।
‘दुई बर्षपछि फेरि एक्सन कटमा । आजबाट ‘गोपी’को छायाँक्न सुरु’ उनले लेखेका छन् । राजधानीको टोखाबाट चलचित्रको छायाँकन सुरु भएको हो । अभिनेता बिनिक कार्कीको दुई अभिनेत्री बर्षा राउता र सुरक्षा पन्तसँग रोमान्स रहने चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले हुन् ।
आरोही केसी निर्माता रहेको ‘गोपी’ चलचित्रका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ, भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् । चैत १५ गते रिलिज गर्ने तयारी भइरहेको चलचित्रमा दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै