बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक थान एसएमजी र ३४ राउण्ड गोली सहित पक्राउ

आइतबार, ०३ भदौ २०७५, १५ : ०१
आइतबार, ०३ भदौ २०७५

 काठमाडौं– नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट जाजरकोटका अमृत विक हतियारसहित पक्राउ परेका छन् ।

जमुना चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय बिकको साथमा एसएमजी जस्तो देखिने १ थान एयर गन र सोही हतियारको ३४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चेकजाँचका क्रममा सोही ठाउँ बस्ने १६ बर्षिय दिपक विकको साथमा फलामको चेन फेला परेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, रुपन्देहीको बुटवल उप–महानगरपालिका–२ तल्लो फुलबारीस्थित जंगलमा २४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा देविलाल खनाललाई प्रहरीले पक्राउ गरेको छ । देबदह नगरपालिका–३ बसन्तपुर बस्दै आएका ३७ वर्षीय खनालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप