बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंकको नेटवर्क सुधारका लागि जुनिपरसँग सम्झौता

आइतबार, ०३ भदौ २०७५, १५ : ०६
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– वर्ल्ड लिंक कम्यूनिकेसनले आफ्नो नेटवर्किङ सुधारका लागि जुनिपर नेटवर्कसँग सम्झौता गरेको छ । इन्टरनेट प्रयोगकर्ताको तीब्र रुपमा भएको बृद्धिका कारण नेटवर्किङमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै नेटवर्कको गुणस्तर सुधारका लागि जुनिपर नेटवक्र्सलाई रोजेको वर्ल्डलिंकले जनाएको छ । 

ग्राहक संख्या, इन्टरनेट ट्राफिकको चाप र ग्राहकको आवश्यकता अनुसारको सेवा विस्तार गर्न  जुनिपर सक्षम रहेको वर्ल्डलिंकको ठहर छ । जुनिपर नेटवर्कले परम्परागत रुपमा रहेका नेटवर्किङको अवरोधलाई हटाएर गा्रहक र साझेदारहरुलाई स्वचालित मापन युक्त र सुरक्षित नेटवक्र्स उपलब्ध गराउँछ । 

सरकारको एक अध्ययन अनुसार पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या तिव्र रुपमा बृद्धि हुँदै गएको देखिन्छ । सन २०११ सम्म १० प्रतिशतमा पुगेको इन्टरनेट सेवा हाल मोबिलिटि सहितको आँकडामा ५० प्रतिशत पुगेको छ । वल्र्ड लिंकले पनि २०१४ देखि आफ्नो ग्राहक संख्या दोब्बर बृद्धि भएको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप