मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको अगुवाईमा “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण हुने

आइतबार, ०३ भदौ २०७५, १५ : ३२
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ ।

म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर गाउँपालिकाहरुमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको हो ।

परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता पनि भएको छ ।

परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्ने छन् ।

उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप