बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा ‘रामकहानी’ सिग्नेचर क्याम्पियन

आइतबार, ०३ भदौ २०७५, १६ : ३८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं – पछिल्लो समय प्रचारका लागि निर्माण युनिट चलचित्र लिएर सर्वसाधारणमाझ पुग्न थालेका छन् । सर्वसाधारण माझ गरिने प्रचार–प्रसार सबैभन्दा प्रभावकारिता हुने उनीहरुको बुझाइ रहेको छ । 
यस्तैमा २२ भदौबाट रिलिज हुने चलचित्र ‘रामकहानी’ को निर्माण युनिट पनि विभिन्न प्रचार–प्रसारको सिलसिलामा सर्वसाधरणसँग पुगिरहेको छ । 

केही पहिले काठमाडौंका विभिन्न रेष्टुरेन्टमा चलचित्रकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पियन चलाएको यो युनिटले अहिले सिग्नेचर क्याम्पियन मार्फत सर्वसाधारण माँझ पुगिरहेछ ।  काठमाडौं विभिन्न सार्वजनिक स्थानमा पुगेर केही यूवाहरुले चलचित्रको सिग्नेचर क्याम्पिएन चलाएको हो । क्याम्पिएनको क्रममा चलचित्र युनिटबाट खटिएका ब्यक्तिले भेटेको ब्यक्तिलाई ‘रामकहानी’ लेख्न लगाएका छन् । 

आइतबार वसन्तपुर क्षेत्रमा पुगेका ‘रामकहानी’ टिसर्ट लगाएका चार युवाले सर्वसाधारणलाई आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गर्न लगाए ।  सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । प्रेम र कमेडी चलचित्रले बिषय बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप