रानीपोखरीको मल्लकालीन शैलीमै पुनःनिर्माण हुने
काठमाडौं– काठमाण्डौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मल्लकालीन शैलीमा नै रानीपोखरीको पुनःनिर्माण हुने बताएकी छन् । सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिको ज्ञापनपत्र वुझ्दै उपमेयर हरिप्रभाले रानी पोखरी प्रताप मल्ल कालिनशैली र स्वरुपमा पुनःनिर्माण गरिने बताएकी हुन् । रानीपोखरीको पुननिमार्णको लागि बोलपत्र समेत आव्हान भइसकेकाले पुननिर्माणमा शंका नगर्न उनले आग्रह गरिन् ।
सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले रानी पोखरीको यथाशिघ्र मौलिक स्वरुप अनुसार नै पुनःनिर्माण गर्न माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको हो । रानीपोखरीकोे वाहिरी भागको निर्माण काठमाडौं महानगरपालिका र भित्रि भागको निर्माण पुरातत्व विभागले गर्नेछ । महानगरले आईतबार राष्ट्रिय दैनिक गोरखापत्रमा रानी पोखरी पुननिर्माणका लागि बोलपत्र आव्हान गरेको सूचना प्रकाशित गरेको छ । रानीपोखरीको पुननिमार्णको लागि बोलपत्र आव्हान भएको यो तेस्रोपटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस