शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने मूल नाराका साथ सिप्रदिको रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न

आइतबार, ०३ भदौ २०७५, १९ : १८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक सुरक्षा प्रमुख र चिन्तालाग्दो विषय भएको बताए ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले विद्यार्थी, शिक्षक र सञ्चालकहरुलाई सडक सुरक्षा र ट्राफिक नियमका बारेमा सचेत गराउन रोड सेफ्टी फेन्सी ड्रेस प्रतियोगितामा बोल्दै डा. भट्टराईले सबै नेपालीहरुलाई सुरक्षा नियम पालना गर्न र सभ्य बन्न अनुरोध गरे ।

उनले बालबालिकाको कलिलो उमेरदेखि नै यो अभियानमार्फत सुरक्षाप्रतिको धारणा बदल्न सिप्रदीले गरेको प्रयासको प्रशंसा गरे । राष्ट्रिय सभागृहमा ‘सुरक्षाका लागि पोशाक लगाऔं’ भन्ने नाराका सम्पन्न सडक सुरक्षा फेन्सी ड्रेस प्रतियोगितामा रुपि इन्टरनेसनल स्कूलले समग्र सुरक्षा सन्देशमा सर्वोत्कृष्ट भएको छ ।

त्यस्तै, हेराल्ड बोर्डिङ स्कूलले सर्वोत्कृष्ट सुरक्षा परेडको पदवी पाउन सफल भएको छ । नाइटिंगेल स्कूलका कक्षा ७ का विद्यार्थी स्वर्ण सिंह सबैभन्दा सिर्जनशील कस्ट्युम (ट्राफिक लाइट लगाएको) को विजेता बने भने रुपि इन्टरनेसनल स्कूलका कक्षा ६ कि एकता ढकाल सर्बोत्कृष्ट प्रस्तोता बन्न सफल भईन् । 

कार्यक्रममा सुरक्षा प्रवर्धन गर्ने, विद्यार्थीले कसरी सुरक्षा लिए र उनीहरुले आफ्नो तर्फबाट सुरक्षित रहन के गर्नुपर्छ भनी जानकारी दिईएको सिप्रदीले जनाएको छ । सिप्रदीले यस वर्ष विभिन्न कार्यक्रमहरु संचालन गरि देशभर ६४ हजारभन्दा धेरै विद्यार्थीलाई सचेत गराउन सफल भएको पनि बताएको छ । 

कार्यक्रममा सिप्रदी ट्रेडिङका सीओओ राजेशप्रसाद गिरीले हाम्रो बसको कुराको पछाडि सुरक्षा हाम्रो नियन्त्रणमा भएको सबैले सुरक्षा नियमको पालना गर्नुपर्ने र कुनै पनि अनिश्चितताबाट आफूलाई जोगाउन सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्साललेसडक सुरक्षाको सवालले प्राथमिकता पाएकोमा खुसी व्यक्त गरे । 

सडक सुरक्षाप्रति आफ्नो महत्वपूर्ण पहल देखाउनका लागि १५ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी थिए । सबै विद्यालयहरुको सुरक्षाको बारेमा आफ्नै नारा बनाएका थिए । विद्यार्थीहरुले ट्राफिक बत्ती, ट्राफिक कोन, जेब्रा क्रसिङ, परावर्तन हुने ज्याकेट, मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयवस्तु समेटिएको घाइते मानिस, हेल्मेट लगाउने लगायतका सन्देश दिने खालका सडक सुरक्षासम्वन्धी सिर्जनशील विचार रहेका पोशाक लगाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप