बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वाजपेयीप्रति श्रद्धाञ्जलीः शोक पुस्तिकामा रक्षामन्त्री पोखरेलले गरे यसरी स्मरण

आइतबार, ०३ भदौ २०७५, १९ : ४५
आइतबार, ०३ भदौ २०७५

काठमाडौं–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । लैनचौर स्थित भारतीय दूतावासमा पुगी उनले नेपाल सरकारको तर्फबाट स्वर्गीय वाजपेयीको तस्विरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका हुन् । 

दुतावासमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत मन्जिभसिंह पुरीले स्वागत गरेका थिए । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय वाजपेयीको बिहिबार निधन भएको थियो । दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले वाजपेयीलाई उच्च व्यक्तित्वका धनी, देशभक्त र सुदुर दृष्टिकोण भएको नेताको रूपमा विश्व जगतले सम्झिरहने जनाएका छन् । 
‘विश्वका जनताले उच्च व्यक्तित्वका धनी, वाक क्षमता भएको, देशभक्ति र सुदुर दृष्टिकोण भएका नेताको रुपमा वाजपेयीका योगदानलाई चिरकालसम्म सम्झिरहनेछन्’ आजैदेखि राखिएको शोक पुस्तिकामा उनले लेखेका छन् । उनले २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतकाबीच विकसित भएको द्धिपक्षीय सम्वन्धलाई लामो समयसम्म स्मरणः गरिरहेको उल्लेख गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप