शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्ल्डलिंक कम्यूनिकेसन्समा जुनिपर नेटवर्क्स्, नेटवर्किङ्ग गुणस्तरीय र विश्वस्तरीय बन्ने

आइतबार, ०३ भदौ २०७५, १९ : ५५
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । जुनिपर नेटवर्क एमएक्स सीरीजले वर्ल्डलिंकलाई उच्च गतिको १०० जिविइपिएस ईथरनेट नेटवर्कलाई चयन गरेको छ । आज वर्ल्डलिंकले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जुनिपर नेटवर्कबारे जानकारी गराउँदै तिव्र गतिको नेटवर्क विस्तारमा आफूलाई अव्वल सावित गरेको बताएको छ ।

वल्र्डलिंकले एम एक्स ९६० लाई १०० जिविइपिएस ईथरनेट नेटवर्क कोर र साथै एम एक्स ४८० लाई इन्टरनेट गेटवे एवं एमपिएलएस राउटर  (१०० र १० जिविइपिएस  ईथरनेट  मोडल) प्रमुख स्थानहरुमा जडान गरि प्रयोगमा ल्याइसकेको जनाएको छ ।

यसका अतिरिक्त एमएक्स ४८०, एमएक्स  २४० र एमएक्स १०४ राउटर प्रयोगमा ल्याएको वर्ल्डलिंकले जारी विज्ञप्तीमा जनाएको छ । वर्ल्डलिंकले सेवा प्रावधान र नेटवर्क व्यवस्थापन पनि सरलीकृत र सुव्यवस्थित गर्दै लगेको जनाएको छ । 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले निमार्ण गरेको नेटवर्किङमा बढ्दो उपभोक्ताहरुको कारणले गर्दा देखा पर्न सक्ने अवरोध एवं समस्याहरुको समाधानका लागि जुनिपरको नेटवर्किङ प्रणालीलाई सफलतापूर्वक सुरु गरेको जनाएको छ ।

जुनिपर नेटवर्कससँगको साझेदारीपछि वर्ल्डलिंकले आफ्नो नेटवर्क पूर्वाधारलाई उच्च क्षमतायुक्त १०० जिविइपिएस ईथरनेट नेटवर्क्स् मा रुपान्तरण गरेको छ । यसले भविष्यमा थपिने ग्राहकको बृद्धिलाई सजिलै धान्ने छ । वर्ल्डलिंकले एकल प्लेटफर्म म्यकक्स सिरिजलाई विशिष्ट कारकका रुपमा पहिचान गरेको जनाएको छ । 

कार्यक्रममा जुनीपर नेटवक्र्सका भारत र सार्क प्रबन्ध निर्देशक दिनेश बर्माले नेपालको बजारमा सन् २०१२ मा प्रवेश गरेको वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदायक र सूचना प्रविधि सेवाको क्षेत्रमा गरेको उल्लेखनीय विकासको प्रशंसा गरे । उनले नेपालका नागरिकहरुलाई विश्वस्तरीय नेटवर्किङ सञ्जालमा आबद्ध गराई देशभर नेटवर्क पूर्वाधार परिवर्तन गर्ने वर्ल्डलिंकको अभियानमा सरिक हुन पाउँदा हर्षित भएको बताए ।

यस्तै सोही समारोहमा वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जनाले जुनिपर नेटवर्क्स्सँगको साझेदारीले नेपाल जस्तो विकासोन्मुख देशमा स्थिर ब्रोडब्याण्डको विस्तार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले जुनिपरको उच्च कार्यक्षमताको प्रविधि साथै बिक्री पश्चात् प्रदान गर्ने सेवा व्यवस्थापनको कारण वर्ल्डलिंक स्थायी र सुरक्षित नेटवर्क सेवा निरन्तर उपलब्ध गराउन तथा सुलभ दरमा बढ्दो इन्टरनेट सञ्जाललाई सबैको पहुँचमा पुर्याउन सक्षम हुने विश्वास व्यक्त गरे । 

जुनिपर नेटवर्क


जुनिपर नेटवक्र्सले सम्पर्क, काम र जीवन चलाउँदा त्यसलाई क्लाउड युगमा रुपान्तरण गरेर नेटवर्किङका व्यवधानहरुलाई उत्पादन, उपाय र सेवाहरुका साथमा सरलीकरण गरिदिन्छ । यसले परम्परागत रुपमा रहेका नेटवर्किङका अवरोधहरुलाई हटाएर ग्राहकहरु एवं साझेदारहरुलाई स्वचालित, मापनयुक्त र सुरक्षित नेटवक्र्स उपलब्ध गराउनेछ र जसले विश्वसँग जोड्न सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप