बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्यो

आइतबार, ०३ भदौ २०७५, २० : ०१
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । कमलपोखरी काठमाडौंमा स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले पोखरा कास्की चिप्लेढुंगा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले एक समारोहकाबीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

केन्द्रीय नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, सीमित तर थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले ओम डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्न सहमति जनाइएको बैंकले जनाएको छ । 

ओम डेभलपमेन्ट बैंकका ग्रामीण क्षेत्रमा थुप्रै शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ११६ हुनेछ । असार मसान्तको वित्तीय विवरण अनुसार कुल निक्षेप एक खर्बभन्दा बढी र कर्जा ८९ अर्बभन्दा बढी हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप