शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सेनाका क्याप्टेन २० राउण्ड गोलीसहित पक्राउ

आइतबार, ०३ भदौ २०७५, २० : १८
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका क्याप्टेनलाई पक्राउ गरेको छ । आइतबार दिउँसो नेपाली मुलका भारतीय सेनामा कार्यरत क्याप्टेन दलबहादुर पुनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । 

पुनबाट (जेरो प्वइन्ट टु टु) २० राउण्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले पुष्टि गरेका छन् । पक्राउ परेका पुनलाई अहिले काठमाडौंको गौशलास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।

बुद्ध एयरको विमानमार्फत पोखरा जाँदै गरेका पुनलाई  डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन निवासी पुन हाल काठमाडौंको सामाखुशी बस्दै आएका थिए ।   पक्राउ परेका पुनबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप