शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डलाई थुनामुक्त गर्न माग, सर्वोच्चमा पर्यो रिट

आइतबार, ०३ भदौ २०७५, २० : ५०
आइतबार, ०३ भदौ २०७५

काठमाडौँ । चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । 

प्रकाण्डका तर्फबाट वीरेन्द्र विश्वकर्माले उनलाई थुनामुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । 

यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले सर्वोच्च अदालतका मुख्य रजिष्टार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो । 

आदेशमा गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै थुना मुक्त गर्न भनिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति उनी पुनः पक्राउ परेका थिए । 

सो पक्राउ गैरकानूनी भएको भन्दै आज रिट निवेदन दायर गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप