शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीद्वारा हडर्सफिल्ड ६–१ पराजित, अग्युरोले गरे ह्याट्रिक

आइतबार, ०३ भदौ २०७५, २० : ५०
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– सर्जियो अग्युरोको ह्याट्रिकको मद्यतमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा हडर्सफिल्डलाई ६–१ ले पराजित गरेको छ । 

नेपाली समयअनुसार आइतबार साँझ सम्पन्न खेलमा अग्युरोले ह्याट्रिक पूरा गर्ने क्रममा  २५ औं, ३५ औं र ७५ औं मिनेटमा गोल गरे । 

यस्तै  सिटीका  गाब्रियलले पनि ३१ औं मिनेटमा गोल गरे भने डेभिड सिल्भाले दोस्रो हाफको तेस्रो मिनेटमा अर्को गोल ठोके । 

हडर्सफिल्डका लागि भने ४३ औं मिनेटमा जोनले सान्तवना गोल गरे । खेलअवधिभर ७८ प्रतिशत बलमा आफ्नो पकड जमाएको सिटीले ८४ औं मिनेटमा फेरि उपहार गोल पायो ।

 हडर्सफिल्डका लागि कोङ्गोलोले आत्मघाती गोल गरेका हुन् । जारी लिगमा सिटीको यो लगातार दोस्रो गोल हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप