बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालिका पावर कम्पनीले पायो सेयर निष्काशनको अनुमति

सोमबार, ०४ भदौ २०७५, १५ : ३२
सोमबार, ०४ भदौ २०७५

काठमाडौं–कालिका पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ तिन गते कालिका पावरलाई सेयर निष्काशन गर्न अनुमति दिएको हो । कालिकाले अब प्रतिकित्ता  १०० रुपैयाकाँ दरले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ निष्काशन गर्नेछ ।

यसले आफ्नो पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  यसको बिक्रि प्रबन्धक काठमाडौ क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेको छ । 

चालु आर्थिक वर्षमा कालिका पावर कम्पनी आइपिओ निष्काशन गर्न अनुमति पाउने पहिलो बनेको छ । धितोपत्र बोर्डले चालु आर्थिक वर्ष लागे यता कालिका पवर कम्पनीलाई अनुमति दिएको छ । 

इक्रा रेटिङले यस कम्पनीलाई ग्रेड ४ दिएको छ । यो भनेको यसको सेयरको लगानी औसत हो । यस अघि कम्पनीले आयोजना प्रभावितका लागि प्राथकि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको जारी पुँजी ८५ करोड रुपैयाँ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप