बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल ग्यासको विष्फोटन नहुने कम्पोजिट सिलिण्डर बजारमा

सोमबार, ०४ भदौ २०७५, १५ : ४१
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । नेपाल ग्यास उद्योगले नयाँप्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । उक्त सिलिण्डरको विक्री प्रवद्र्धन उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले गरे । नयाँ कम्पोजिट सिलिण्डर पूर्ण–सुरक्षित र विस्फोटन नहुने विशेषताले भरिएको कम्पनीले जनाएको छ ।

यसलाई आगोले विष्फोट गर्न सक्दैन, त्यसैले उपभोक्ताहरुले आफु पूर्ण सुरक्षित भएको विश्वास गर्न सक्दछन् । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सक्दछन् ।

अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । नेपाल ग्यासले हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध गराएको छ ।

नेपाल ग्यास उद्योगका अध्यक्ष गुणचन्द्र विष्ट (स्वामी कृष्णानन्द भारती)ेको उपस्थितिमा उद्योगले आफ्नो मोवाइल एप र नायिका केकी अधिकारीलाई ब्राण्ड एम्वेसेडर घोषणा गरेको छ । नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशक–गोकुल भण्डारीले आफ्नो संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएकोमा कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने बताए । 

२०२६ मा स्थापना भएको नेपाल ग्यास उद्योग गुणस्तरको लागि आइएस आई स्टाण्डर्ड लिएको र भारतको एक्सप्लोसिभ विभागबाट निर्धारित गुणस्तरमा संचालित छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योगमा पूर्ण स्वचालित, अटोमेटिक वोटलिङ्ग प्लान्ट र परीक्षण स्थल रहेको छ ।

यस उद्योगले १२ हजार सिलिण्डर उत्पादन गर्नेे र उपभोक्ताको माग अनुसार एक हजार मेट्रिक टन सम्मको भण्डार गर्ने क्षमता राख्दछ ।  । हाल यसका २६० भन्दा बढी डिलरहरुले काठमाडौँ उपत्यका ग्राहकहरुलाई सेवा पु¥याई रहेका छन् भने उपत्यका बाहिर २०० भन्दा बढी डिलरहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप