शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पानी उत्पादक तथा वितरकबाट पटके करको विरोध

सोमबार, ०४ भदौ २०७५, १५ : ४९
सोमबार, ०४ भदौ २०७५

काठामाडौं–पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुबाट पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 
सोमबार काठमाडौमा संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।
खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध जनाए ।
त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बताए । 
उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले आजदेखि गोकर्णेस्वर नगरपालिकामा लगाउने भनिएको (पटके कर) प्रत्येक ट्रिप शुल्क र चन्दागिरी नपा वडा नम्बर ८ का अध्यक्षले उक्त क्षेत्रका व्यवसायीमाथि गरेको ज्यादतिबिरुद्धमा आफुहरु आन्दोलित भएको जानकारी दिए । 
कार्यक्रममा उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका सह–अध्यक्ष नारायण श्रेष्ठ, उपत्याका खानेपानी बोरिङ्ग संघका अध्यक्ष हरि कंडेल, नेपाल ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष पञ्चराम तामाङ्, नेपाल वोटल वाटर उद्योग संघका अध्यक्ष शुवास भण्डारी लगायतले पटके करको बिरुद्धमा आफ्ना कुराहरु राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप