शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकीय स्थलको रुपमा विकसित हुँदै सहस्र झरना, क्यानोनिङको लागि डिपिआर सम्पन्न

मङ्गलबार, ०५ भदौ २०७५, ०८ : ३७
मङ्गलबार, ०५ भदौ २०७५

बागलुङ - पर्यटक प्रवद्धन र प्रचारप्रसारको लागि जिल्लाको गलकोट नगरपालिका–३ ले हटियामा रहेको सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागि डिपिआर गरेको छ । 

इगल सोलुसन काठमाण्डौको टोलीले झरना व्यवस्थापन, पोखरी पुर्वाधार निर्माण, चेन्जिङ कोठा, शौचालय, पदमार्ग लगाएको दिर्घकालिन व्यवस्थापनका लागि डिपिआर गरिएको वडा अध्यक्ष बिरजङ भण्डारीले जानकारी दिए । 

वडा कार्यालयले यस वर्ष क्यानोनिङ खेलका लाग आवश्यक सामग्री खरिद गर्ने र पोखरी निर्माणका लागि गलकोटका ८ जना युवालाई तालिमका लागि पोखरामा पठाउने भण्डारीले बताए । 

वडा कार्यालयले झरनामा आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा ५ लाख बजेट विनियोजन गरेको छ । झरनाको सर्वेक्षण टोलीले झरनालाई सहज तरिकाले अवलोकन गर्ने गरि झोलुङगे पुलको समेत डिपिआर तयार गरेको वाड सदस्य झहरबहादुर खत्रीले बताए । 

झरनालाई पर्यटकिय गन्तव्य बनाउनका लागि झरनाको फेददेखि क्यानोनिङ खेल खेल्न सुरु गर्ने स्थानसम्म करिब ४ सय मिटर पदमार्ग निर्माण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । 

वडा कार्यालयले आगमी दशैँसम्ममा सम्पुर्ण आन्तरिक व्यवस्थापन पुरा गरि क्यानोनिक खेल सञ्चालन गर्ने तयारी समेत गरेको छ । झरनाका केहि महिना पहिले क्यानोनिङका विज्ञ रामबहादुर सहितको टोलीले सम्भाव्यता अध्ययनपछि ‘क्यानोनिङ’ अभ्यास गरि गलकोटका करिब ३ दर्जन भन्दा बढी व्यक्तिले क्यानोनिङ खेल समेत खेलेका थिए ।

वडा अध्यक्ष भण्डारीकै पहलमा ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ सुरु गर्ने योजनाले सार्थकता पाएको छ । -थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप