शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भकम्प प्रभावित ५ जिल्लाका विद्यालयमा आइसिटी सेन्टर स्थापना

मङ्गलबार, ०३ साउन २०७४, १८ : ०८
मङ्गलबार, ०३ साउन २०७४

काठमाडौं – नेपाल टेलिकमले भूकम्प अति प्रभावित ६ जिल्लामा सूचना प्रविधी केन्द्र स्थापना गरेको छ । भूकम्पवाट प्रभावित ५ जिल्लाका सामुदायीक विद्यालयमा सूचना प्रविधी केन्द्र (आईसिटी सेन्टर) स्थापना भएको जनाइएको छ । 

टेलिकमले विद्यालयहरुलाई कम्प्युटर, प्रिन्टर सहित आवश्यक उपकणका साथै मासिक ३० जीवी डाटा भोलुम भएको इन्टरनेट सेवा २ बर्षसम्म निशुल्क उपलब्ध गराएको जनाएको छ । टेलिकमले भोजपुरको शारदा मावि, बनेपाको रत्नचुण्ढेश्वर मावि, ओखलढुंगाको सगरमाथा मावि, नुवाकोटको कन्यादेवी आधाभूत विद्यालय, रामेछापको सेतीदेवी माविलाई आवश्यक सहयोग सहित आइसिटी सेन्टर स्थापना गरिदिएको जनाएको हो । यस्तै, सोलुखुम्वुको जीवन ज्योती माविलाई पनि आवश्यक उपकण जडान तयारीमा रहेको जनाएको छ ।
 
गत आर्थिक बर्षमा पनि पशुपति मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमुना मावि सिन्धुपाल्चोक, दशरथचन्द मावि धादिङ, रसुवा मावि धुन्चे रसुवा  विन्द्रावति उच्च मावि गोरखामा आइसिटी स्थापना गरेको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तदायीत्व अन्र्तगत काठमाडौं, ललितपुर र भक्तपुर बाहेक भूकम्पवाट अति प्रभावित ११ जिल्लाका विद्यालयमा आइसिटी स्थापना गर्ने निर्णय गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप