बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एका अष्ट्रेलियन एजुकेशन फेयर सुरु

शुक्रबार, ०८ भदौ २०७५, १८ : ३५
शुक्रबार, ०८ भदौ २०७५

काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्स अलायन्स (एका) को आयोजनामा काठमाडौंको होटल अन्नपूर्णमा सुरु मेला २ दिनसम्म चल्नेछ ।

मेलाको उद्घाटन गर्दै अष्ट्रेलियन राजदुत पिटर वडले अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तब्य रहेको बताउँदै अष्ट्रेलियन शहरहरुमा नेपाली विद्यार्थीहरु नेपाली बोल्दै हिड्दै गरेको देख्दा खुशी लाग्ने बताए ।

अस्ट्रेलियाबाट संचालित एजुकेशन कन्सल्टेन्सीहरुको छाता संगठन एकाले दोस्रो संस्करणका रुपमा मेलाको आयोजना गरेको हो । एक्काका अध्यक्ष निरज श्रेष्ठले मेलामा अस्ट्रेलिया जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने बताए । मेलामा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा पनि विषयगत विज्ञले विस्तृत जानकारी दिने श्रेष्ठले बताए ।

अस्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन । यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने बिषय र शैक्षिक संस्थाको बारेमा पनि विद्यार्थीलाई उक्त मेलामा जानकारी उपलब्ध हुनेछ ।

एउटै छाना मुनी विभिन्न विश्वविद्यालय, कलेजहरुको सहभागिता हुने भएकाले विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीले जानकारी हासिल गर्न सक्छन । उक्त मेलामा ५ हजार विद्यार्थी सहभागि हुने अपेक्षा आयोजकले राखेको छ ।

मेलामा २२ वटा अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी र सातवटा अस्ट्रेलियन कलेजको सहभागिता रहेको छ । यस्तै केहि विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी छन । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधीसँग सबै विषयमा खुलेर परामर्श लिन सक्नेछन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप