बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुर घटनामा गृह मन्त्रालयको एक्सन, एसपी विष्ट निलम्बित

शनिबार, ०९ भदौ २०७५, १७ : ४३
शनिबार, ०९ भदौ २०७५

काठमाडाैं-कञ्चनपुर घटनामा गृह मन्त्रालयले  तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले विष्टलाई  मन्त्रालयले निलम्बन गरेको जानकारी दिँदै तत्कालिन डीएसपी ज्ञानबहादुर क्षेत्री र मुद्दाफाँटका अर्का प्रहरी अधिकारीलाई पनि मन्त्रालयमा छानबिनका लागि झिकाउने निर्णय गरेको बताए । 

कञ्चनपुर घटनामा विष्टको भूमिका संकास्पद रहेको देखिएकाले  विष्टलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा  विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै आन्दोलन  कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् । 

आन्दोलनकै  क्रममा भीडलाई तितरबितर पार्न  गोली चलाएपछि भदौ ७ मा उनीसहित डीएसपी र प्रजिअसमेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो । 

त्यसलगत्तै मन्त्रालयले सिडीओको रुपमा  तारानाथ अधिकारीलाई जिम्मेवारी दिएको छ भने प्रहरी प्रमु्खका रुपमा एसपी कुबेर कठायतलाई पठाइएको छ । यसैगरी  डीएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि जिम्मेवारीबाट हटाएर सरकारले उनको ठाउँमा कृष्णराज ओझालाई पठाएको छ । 

निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले भदौ ७ मै समिति पनि गरिसकेको छ । 

मन्त्रामलयले  सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । जुन समितिले छानबिनलाई तीब्रता दिएको छ । 

 

अब खुल्ला कञ्चनपुर घटनाको रहस्य ? प्रहरीको नियन्त्रणमा बम दिदीबहिनी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप