बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनैपूर्णिमा : ‘महादेव पोखरी’ मेलामा हिन्दु र बुद्ध धर्मावलम्बीहरुको जमघट

आइतबार, १० भदौ २०७५, ११ : ४९
आइतबार, १० भदौ २०७५

नगरकोट –पर्यटकीय क्षेत्र नगरकोटमा अवस्थित महादेव पोखरीमा हरेक वर्ष श्रावणशुक्ल पूर्णिमाको अवसरमा मेला लाग्ने गरेको छ । 

भक्तपुर र काभ्रे जिल्लाको संगमस्थलमा रहेको उक्त स्थानमा आइतबार भक्तजनहरुको घुइचोँ लागेको छ । 

नेपालमा रहेका हिन्दु र बुद्ध धर्मावालम्बीहरुको साझा तीर्थस्थल मध्ये यो पनि एक हो । आइतबार बिहानैदेखि महादेवपोखरीमा हिन्दु र बुद्ध धर्म मान्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । 

जहाँ रहेको पोखरीमा स्नान गर्ने र  महादेवको मन्दिरमा दर्शन गर्ने परम्परा रहको छ । 

बुद्ध धर्मावलम्बीका विषेश गरि तामाङ समुदायहरु घरदेखि नै झाँक्रि( भोम्बो) बनेर मोलम (मन्त्र) पाठ गर्दै आउने गर्दछन् । 

उनीहरुको स्वागतमा ठाउँ–ठाउँमा सगुन राखिने र सगुन राखेको घर वा बाटो अगाडि केहीबेर मालोम पाठ गर्ने गर्दछन् । 

हिन्दू समुदायले भने मकै, फूल, फलफूलवादी महादेव पोखरीमा चढाउने गरेका छन् । 

उक्तस्थानमा मेला भर्नका लागि काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेबाट भक्तजनहरु आउने गरेका स्थानीय पर्यटन व्यवसायी दामोदर दगांलले बताए । 

मेलामा आउने भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्न स्थानीय क्लब तथा पर्यटन व्यवसायीहरु लागेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप