बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

बुधबार, ०४ साउन २०७४, ०९ : ५४
बुधबार, ०४ साउन २०७४

लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।


दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्याएको हो ।


इंग्ल्याण्डलाई लक्ष्यका पार पुर्याउन अलराउण्डर जेनी गनले २७ बलमा २७ रन बनाइन् ।


त्यस्तै म्यान अफ द म्याच घोषित विकेट किपर शारा टेलरले सर्वाधिक ५४ रनको योगदान दिइन् भने कप्तन हेदर नाइट र फ्रान विल्सनले समान ३०–३० रनको योगदान दिइन् ।


दक्षिण अफ्रिकाका लागि सुन लुस र आयाबोङ्गा खाकाले २–२ विकेट लिए ।


यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।


मिगनन डु प्रिजले सर्वाधिक ७६ रन बनाइन्् भने ओपनर लाउरा वोल्भार्डटले ६६ रनको योगदान दिएकी थिइन् ।


अब दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया विहिबार एकअर्काको सामना गर्ने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप