बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा पहिरोका कारण २ करोड बढीको क्षति

शुक्रबार, १५ भदौ २०७५, १२ : ०७
शुक्रबार, १५ भदौ २०७५

कृष्णराज धमाला

सुर्खेत । गत वैशाख महिनायता हुम्लामा बाढीपहिरोबाट २ करोड बढीको भौतिक क्षति भएको छ । बाढीपहिरोबाट मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति हुन पुगेको हो ।

अहिलेसम्म जिल्लाका ५४ स्थानमा पहिरो जाँदा २ करोड, २१ लाख, ९१ हजार, ७ सय, ४९ रुपैयाँ बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले बताए ।
पहिरोबाट व्यक्तिका घर, विद्यालय, सरकारी संरचना, खानेपानी, कुलो र खेतीमा क्षति पुगेको डिएसपी श्रेष्ठले बताए । 

त्यसैगरी कर्णाली करिडोर अन्तरगतका सडकमा पनि क्षति पुगेको छ । जिल्लाका सातवटा गाउँ पालिकाका मध्ये नाम्खा १ मा ३, सिमकोटको वडा नम्वर १¸२¸४¸५¸६¸ र ७ मा ३२ वटा¸ खार्पुनाथको १¸४¸ र ५ मा चार, सर्केगाड गाउँ पालिकाको वडा नं १¸४¸५¸६ र ७ मा ११¸ चंखेलीको वडा नं ३ र ६ मा ३ वटा अदानचुलीको वडा नम्वर ५ र ६ मा ३ वटा र ताँजाकोटको वडा नम्वर ४ र ६ मा २ वटा पहिरो गएको प्रहरीले जनाएको छ ।

 पहिरोबाट क्षति व्यहोरेका ६० जनालाई १ हजार पाँच सय देखि १० हजारसम्म राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप