वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि....
बुटवल– बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतीको काँखमा भेटिएपछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ । बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमतीसँग कोठामा सगै बसेको भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाससँग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्टि गरेका छन् ।
यादवले भने, ‘उनका श्रीमान मानबहादुरले आज दिउँसो तिन बजेको समयमा उनीहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खबर गरेपछि हामीहरुले वडाध्यक्ष र ती महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं ।’ यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन् । उनले भनेका छन– ‘उनले बोलाएपछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन् ।’
उनका श्रीमान विदेशमा थिए । चार पाँच महिनाअघि घर आएका उनले श्रीमतीको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए । मानबहादुर र उनकी श्रीमतिको घर निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडेपछि दुई छोराछोरी पढाउन भन्दै वुर्तिबाङ्गमा डेरा गरी बसेका थिए । आफ्नो कोठामा वडाध्यक्ष आपत्तिजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन