शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाट्टाद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

आइतबार, १७ भदौ २०७५, १९ : ४१
आइतबार, १७ भदौ २०७५

काठमाडौं । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर मिस टुरिजम–२०१८ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ ।

नाट्टा सचिवालयमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन.पाण्डे र उपाध्यक्ष संगिता जिरेल वादेले मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनर अप प्रकृति ढकाल र मिस टुरिजम–२०१८ सेकेण्ड रनर अप श्रृति थापालाई बधाई ज्ञापन गरे ।

सो अवसरमा नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले यस कार्यक्रमले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास आँफुले लिएको वताए । पाण्डेले नेपालको पर्यटन क्षेत्रमा प्रवद्र्धनमा मिस टुिरजमका विजेताहरुले सहयोग पु¥याउने आफ्नो अपेक्षा रहेको वताए ।

कार्यक्रममा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं,द्धितिय उपाध्यक्ष संगिता जिरेल वादे र महासचिव रमेश थापाले मिस टुरिजमका विजेताहरुले नेपालको पर्यटन क्षेत्रको विकासमा खेल्नुपर्ने भुमिकाका वारेमा आफ्ना सुझावहरु राखेका थिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले विगत तीन वर्षदेखि पर्यटन क्षेत्रमा युवा र महिलाहरुलाई आकर्षित गर्दै आन्तरिक र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गर्दै आईरहेको वताए ।

काफ्लेले नाट्टालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा मिस टुरिजम–२०१८ मनिता पौडेल, फस्ट रनर अप प्रकृति ढकाल र श्रृति थापाले आँफुहरु नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहने वताएका थिए । कार्यक्रममा नाट्टाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

आईतवारको कार्यसमिति बैठकले विशेषगरि पर्यटन क्षेत्रमा कायम रहेको गैह्रकानुनी अपरेशन रोक्ने र फितुरमा नेपालले गर्ने प्रस्तुतीकरणका विषयमा विशेष छलफल हुने महासचिव रमेश थापाले वताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप