बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

बुधबार, ०४ साउन २०७४, १४ : ४६
बुधबार, ०४ साउन २०७४

रामपुर - पाल्पा जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १२० थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका भएकामध्ये ९२ थान मुद्दा फैसला भएका र २८ वटा मुद्दाको फैसला हुन बाँकी छ । 
गत आवमा फैसला भएका धेरै मुद्दा सम्बन्ध विच्छेदको रहेको र र अन्यायमा परेको भन्दै उजुरी दिन पनि महिला नै आउने गरेको न्यायाधीश भरतमणि खनालले जानकारी बताउनुभयो । 
विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका युवा–युवती सम्बन्ध विच्छेद गर्न आउने गरेका छन् । सानो उमेरमा प्रेम विवाह गर्ने र उनीहरुबीच विभिन्न घरायसी समस्याले विवाद उत्पन्न भएपछि सम्बन्ध विच्छेद गर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । 

यस्तै, अन्तरजातीय विवाह पनि सम्बन्ध विच्छेदको कारण बनेको छ । सम्बन्ध विच्छेदको अर्को कारण वैदेशिक रोजगार रहेको छ । घर गृहस्थी चलाउन भन्दै श्रीमान् विदेश जाने र श्रीमती छोराछोरी पढाउने वा आफूले केही सीप सिक्ने बहानामा शहरमा पस्ने प्रवृत्तिले पनि सम्बन्ध विच्छेदलाई टेवा पु¥याएको छ । 

अधिकांश सम्बन्ध विच्छेदका मुद्दा वैदेशिक रोजगारमा गएका श्रीमान् र शहरमा बसेकी श्रीमती बीचको आउने गरेको छ । तर तीमध्ये ३१ थान मुद्दामा भने मेलमिलाप गराई पठाइएको अदालतका स्रेस्तेदार सुवर्ण खनालले बताउनुभयो । 

अदालतमा वैतनिक वकिल रहेको र ती वकिलले अन्यायमा परेका गरिब, विपन्न, साहाराविहीनको मुद्दामा निःशुल्क बहस–पैरवी गर्ने व्यवस्था रहेको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ४० प्रकारका निवेदन अदालतमै निःशुल्क लेखिदिने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप