शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरा पर्व मनाउने क्रममा नाच्दानाच्दै ढलेर एक महिलाको मृत्यु

मङ्गलबार, १९ भदौ २०७५, ०९ : २३
मङ्गलबार, १९ भदौ २०७५

 बुटवल । गौरा पर्व मनाउने क्रममा नाच्दै गर्दा ढलेकी एक महिलाको मृत्यु भएको छ । 

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ मा यसपालीको श्रीकृष्ण जन्माष्टमीको दोश्रो दिन रथ यात्रा निकालिएको थियो । 

सवै जना निकै उल्लासमा थिए । त्यो उल्लास   क्षणभर मै रोदनमा परिणत भयो । सोही वडा चेक्मी गाउँकी देवी मरासीनी नाच्दानाच्दै  दिउँसो करिब ४ बजेतिर एक्कासी भुइँमा  ढलिन् ।

चक्कर आएर होला भनेर उनलाई पानीले छ्याप्ने र  पिलाउने गरे । उनको होस नआएपछि  उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भयो । 

६१ वर्षीया मरासनीका श्रीमान जीवलाल मरासीनी, ३ छोेरी र एक छोरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप