बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सडकमा कसैलाई मार्नु देशप्रेम भएको छ’

बुधबार, ०४ साउन २०७४, १६ : ३१
बुधबार, ०४ साउन २०७४

नयाँ दिल्ली – बलिउड अभिनेता कुनाल कपुरले अहिले सडकमा कसैको हत्या गर्नु, सामाजिक सञ्जालमा गाली गर्नु वा असहमति जनाउनु देशप्रेमको परिभाषा बनेको बताएका छन् ।

‘मेरो लागि देशप्रेम भनेको भारत र पाकिस्तान बीचको खेलमा भारतको समर्थन गर्नु मात्र होइन । देशप्रेम भनेको देश निर्माण भएको सिद्धान्तको पक्षमा उभिनु हो । जुन भनेको सबै समान हुन्, सबैले समान अवसर पाउनुपर्छ,’ कपुरले भने ।

पञ्जाव विश्वविद्यालयमा आफ्नो आगामी चलचित्र ‘राग देश’ को प्रबद्र्धनका लागि कपुर पुगेका थिए । चलचित्र भारतीय राष्ट्रिय सेनाको सुनवाईको विषयमा आधारित छ जसमा उनी मेजर जनरल शाह नवाज खानको भूमिकामा देखिएका छन् ।

चलचित्र राज्यसभा टिभीले निर्माण गरेको हो ।

उनले आफूले सहमति नराख्नेको विरुद्ध नाराबाजी र मोर्चा गर्नु पनि अहिले देशप्रेम बनेको उल्ल्ेख गरे ।

के पाकिस्तानी कलाकारहरलाई बलिउडमा काम गर्न दिनुपर्छ भन्ने प्रश्नमा कपुरले यस्तो कुराको विरोध गर्नेहरुको दोहोरो चरित्रमा प्रश्न उठाए ।

‘करण जोहरको ए दिल हे मुस्किलमा फवाद खान काम गर्दा त्यसमा आपत्ति जनाइएको तर पछि श्रीदेवीको ‘मम’ मा पनि पाकिस्तानी कलाकार हुँदा त्यसमा कुनै आपत्ति जनाइएन,’ उनले भने ।

‘फरक व्यक्तिका लागि फरक नियम कानुन लागु हुदैन । तर, अहिले त्यही कुरा हाम्रो देशमा भइरहेको छ, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप