शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा जासुसकी नायिकाको शव झुण्डिएको अवस्थामा फेला

बुधबार, ०४ साउन २०७४, १६ : ५५
बुधबार, ०४ साउन २०७४

गुडगाउँ – असमिया चलचित्रकी नायिका तथा गायिका बिदिशा बेजबरुआको निधन भएको छ । सोमबार उनको शव उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले यो आत्महत्या भएको आशंका गरेको छ । तर, घटनास्थलमा कुनै सुसाइड नोट फेला परेको छैन । 

यसमामिलामा प्रहरीले बिदिशाका पतिलाई पक्राउ गरेको छ ।

बिदिशा चर्चित टेलिभिजन हस्ती थिइन् र कयौँ स्टेज शो पनि गरिसकेकी थिइन् । पछिल्लो पटक जग्गा जासुसमा देखिएकी थिइन् ।

हालै मात्र उनी पतिको साथमा गुडगाउँ शिफ्ट भएकी थिइन् । दुवैको एक वर्ष अघि विवाह भएको थियो ।

डिएसपी दीपक सहरानका अनुसार ‘बिदिशाको शव सुशांत लोक क्षेत्रमा रहेको आफ्नो घरमा पंखामा झुण्डिएको फेला परेको थियो । यो घर उनीहरुले हालै मात्र भाडामा लिएका थिए ।’
नायिकाको पिताले प्रहरीलाई आफ्नो छोरीले फोन नउठाएको खबर गरेपछि यो मामिला बाहिर आएको थियो ।

प्रहरीले बिदिशाको पतिविरुद्ध आत्महत्याको लागि उक्साएको मामिलामा मुद्दा दर्ज गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप