शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मकाय बुद्ध मण्डला निर्माणका लागि तीन करोड संकलन

बुधबार, ०४ साउन २०७४, १६ : ५६
बुधबार, ०४ साउन २०७४

पोखरा- कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म रु तीन करोड संकलन भएको छ । 

मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट रु दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ । 

बुद्ध मण्डला निर्माणका लागि छ रोपनी जमिन खरिद गरिएको छ । सो बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रवास, सङ्गग्रहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचासमेत निर्माण गरिने छ । 

मण्डला निर्माणका लागि झण्डै रु एक अर्बभन्दा बढी खर्च लाग्ने र यसको लागि स्वदेशी तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप