महोत्तरीमा आगलागी, २ लाख बराबरको क्षति
शुक्रबार, २२ भदौ २०७५, १० : ३८
निकेश खनाल
बर्दिबास । महोत्तरीमा बिहिबार राती आगलागी भएको छ ।
महोत्तरी गाँउपालिका ४ बस्ने रवीन्द्र पाण्डेले सोहि वडामा सञ्चालन गरेको मिठाई पसलमा आगलागी हुँदा करिब २ लाख १२ हजार बराबरको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ ।
राती करीब ८ः३० बजेतिर पसल बन्द गरी पसल सञ्चालक रवीन्द्र घर गएका थिए । बिहान करीब ५ बजेतिर स्थानीयले उनको पसलमा आगलागी भएको देखेपछि रवीन्द्रलाई खवर गरेका थिए ।
आगोले घर र घरभित्र भएका सामान पूर्णरुपमा जलेर नष्ट भएपछि मात्र स्थानीयले थाहा पाएकाले आगलागी नियन्त्रण हुन नसकेको बताइएको छ ।