बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के नेयमार पीएसजी जाँदैछन् ?

बुधबार, ०४ साउन २०७४, १८ : १८
बुधबार, ०४ साउन २०७४

बार्सिलोना – बार्सिलोनाका स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको अफर स्वीकार गरेको ब्राजिलका मिडियाहरुले जनाएका छन् । पीएसजीले नेयमारको १९५ मिलियन पाउण्ड को रिलिज क्लज तिर्न तयार भएपछि नेयमार फ्रेन्च क्लब जान तयार भएका हुन् ।

ब्राजिलको स्पोर्ट च्यानल एस्पोर्टे इन्टरेक्टिभोका अनुसार ब्राजिलका स्टार विश्व किर्तिमानी १९.५ करोड पाउण्डमा पीएजसी जान तयार भएका हुन् ।

यद्यपि, क्लबले भने त्यति ठूलो रकम आफूहरु तिर्न तयार नभएको एलइक्युपेसँग बताएको छ ।

सोमबार बार्सिलोनाको पत्रिका स्पोर्टले नेयमार क्लबमा लियो मेस्सी र लुइस सुवारेजको छाँयामा बस्नुपरेकोमा असन्तुष्ट रहेको खबर छापेपछि नेयमारले क्लब छाड्ने हल्ला फैलिएको हो ।

बार्सिलोनाका नयाँ प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको पहिलो पत्रकार सम्मेलनमा क्लबका प्राविधिक सेक्रेटरी रोबर्ट फर्नान्डेजलाई नेयमारको अवस्थाबारे प्रश्न गर्दा उनले कुनै पनि क्लब नेयमारको रिलिज क्लज तिर्न तयार नहुने बताएका थिए । यसमा पनि धेरैले आशंका व्यक्त गरेका थिए । ‘क्लबले बेच्न चाहँदैन भन्दा पनि उनले कसैले किन्दैन,’ भनेपछि धेरै मिडियाहरुले अभिव्यक्तिको संकेत केलाएका थिए ।

यता, पीएसजीले पनि आफूहरु नेयमारलाई किन्न अनिच्छुक रहेको भन्दा पनि नेयमारको रिलिज क्लज समस्या भएको आशयको अभिव्यक्ति बाहिर ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप