शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टानद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई

शुक्रबार, २२ भदौ २०७५, १९ : ०४
शुक्रबार, २२ भदौ २०७५

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप श्रुति थापा र आयोजक प्वाईन्ट मिडियालाई बधाई ज्ञापन गरेको छ । 

कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसलाई सफल पार्न नेपाल पर्यटन वोर्ड, पर्यटन क्षेत्रका व्यवसायिक संघ–संस्था तथा मिस टुरिजमका विजेताहरु पनि लाग्नुपर्ने वताए ।

दाहालले नेपालको पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमै औपचारिक शिक्षा हाँसिल गरेका र अन्य युवाहरुलाई आकर्षित गर्न जरुरी रहेको वताए । उनले मिस टुरिजमका विजेताहरुको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा युवा र महिलाहरुको सहभागिता वृद्धिको उद्देश्य राखेर विगत तीन वर्ष मिस टुरिजमको आयोजना गर्दै आएको वताए । मिस टुरिजम–२०१८ मनिता पौडेलले आँफुहरु अवको एक वर्ष सवैसंग सहकार्य गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय रहने वताईन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप