बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक २० औं बर्षमा प्रवेश, एक बर्षमा २ सय शाखा पुर्याउने योजना

बुधबार, ०४ साउन २०७४, १८ : ५४
बुधबार, ०४ साउन २०७४

काठमाडौं – निजी क्षेत्रको सफल बैकका रुपमा स्थापित एनआईसी एशिया बैंक आफ्नो स्थापनाको १९ औं बर्ष पार गरि २० औं बर्षमा प्रवेश गरेको छ ।
 पूर्वी नगर विराटनगरमा २०५४ साउन ५ गते क्षेत्रिय बैंकका रुपमा ‘नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल’ बैंकका नाममा यो बैंकले आफ्नो बैंकिङ यात्रा सुरु गरेको हो । 
२०६४ असोज २ गते स्थापना भएको बैंक अफ एशिया नेपालसँग २०७० असार १६ गते मर्ज गरि एनआईसी एशिया बैंकको रुपमा कारोवार थालेको बैंकले छोटो समयमानै आफुलाई मुलुकको स्थापित बैंकका रुपमा परिचित बनाएको छ । बैंकले १९ औं बर्ष पुरा गरिहँदा आफ्नो शाखा संख्या १ सय १९ वटा पुर्याएको छ भने ४ वटा विस्तारित काउण्टर, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरवाट सेवा प्रवाह गरिरहेको छ । बैंकले एक बर्ष अवधीमा आफ्नो शाखा बढाएर २ सय वटा पु¥याउने योजना बनाएको छ । 
आम नागरिकको वित्तिय पहुँचमा सहयोग पु¥याउँदै साना तथा मझौला कर्जालाई विषेश प्राथमिकता दिइरहेको बैंकले आर्थिक बर्ष २०७३/०७४ को असार मसान्तमा एक अर्ब ४८ करोड नाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको नाफा एक अर्ब ७ करोड रुपैयाँ थियो । बैंकले यो अवधी सम्म आइपुग्दा आफ्नो कुल निक्षेप ८५ अर्ब रुपैयाँ पु¥याएको छ । 
अघिल्लो आवमा ६८ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले आव २०७३/०७४ मा निक्षेप २६ प्रतिशतले बढाएको हो । यस्तै, यो एक बर्षमा कर्जा लगानी साढे ५९ अर्बवाट बढाएर साढे ७२ अर्ब रुपैयाँ पु¥याएको छ । बैंकले यो अवधीमा निष्क्रिय कर्जा अनुपात ०.३७ प्रतिशतमा झारेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले अहिलेसम्म लगानीकर्तालाई बैंकले ५ अर्ब ६० करोड रुपैयाँ बरावरको लाभाशं वितरण गरिसकेको जानकारी दिए । बुधबार राजधानीमा आयोजित बैंकको १९ बर्ष पुरा गरेको अवसरमा उनले सरकारलाई हालसम्म ५ अर्ब रुपैयाँ कर भुक्तानी गरेको पनि जनाए । कार्यक्रममा उनले एक बर्षअवधीमा एटीएम संख्या पनि ४ सय वटा, शाखा रहित बैंकिङ सेवा २ सय भन्दावढी, पोस संख्या २ हजार भन्दावढी र रेमिट्यान्स पेयआउट संख्या १० हजार कायम गर्ने योजना रहेको जानकारी दिए । 
‘हामी बैंक पनि साथी पनि’ नाराका साथ हिडिरहेका छौ’, सिओ रिसालले भने, ‘एनआईसी एसियाले केही समयमानै लघुवित्त कम्पनी समेत स्थापना गर्ने योजना वनाएको छ ।’ उनका अनुसार बैंकले एक बर्षमा निक्षेप एक खर्ब माथि र कर्जा एक खर्बको हाराहारिमा पुर्याउने लक्षय लिएको छ । बैंकले अहिले अनलाईन सिस्टमलाई थप आधुनिक गर्दै सवै सेवाग्राहीलाई बैकिङ सेवा अनलाइनवाटनै दिने काम तिव्र रुपमा गरिहेको भन्दै एसएमएस लगायतका सेवा थप प्रभावकारी बनाउने बताए । 
वातावरण, खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत सहयोग पु¥याउँदै आएको बैंकले गत आवमा मात्र ८ हजार विरुवा रोपेको जनाएको छ । योसँगै बैंकले दुरदराज  बैकिङ पहुच कम भएका क्षेत्रमा आफ्नो सेवा तिव्र रुपमा विस्तार गर्ने रणनीति लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप