बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा ‘तीज महोत्सव २०१८’सम्पन्न

बिहीबार, २८ भदौ २०७५, ११ : ५६
बिहीबार, २८ भदौ २०७५

अमेरिका– अमेरिकामा तीज महोत्सव २०१८ सम्पन्न भएको छ । अन्तर्रा्ष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा भएको तीज महोत्सवको अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले उद्घाटन गरेका थिए । 

आयोजक अन्तर्रा्ष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाचको मौलिकता पछिल्लो समय हराउदै गएको बताएका थिए ।

त्यस्तै अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगरले तीज पर्व र यस सँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीजको एतिहासिक महत्व रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप