अमेरिकामा डा.बाबुराम भट्टराईसँग अन्तरक्रिया

विजय थापा, डिसी–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
मंगलबार नेपालबाट अमेरिका आएका डा. भट्टराईले बिहीबार डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन् ।
सो क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले प्रजातन्त्रलाई नेपाल जस्तो मुलुकका कसरी सहभागिता मूलक, जिम्मेबार तथा समाबेसी बनाउन सकिन्छ भन्नेबारेमा सवैले सोच्नुपर्ने भन्दै नेपालजस्तो मुलकले विकासको गति कसरी बढाउन सक्छ भन्ने विषयमा अमेरिकामा रहेका नेपाली समुदायलाई सुझाव दिन आग्रह गरे ।
उनले अहिलेको जस्तो विकास नभई नेपालले तीव्र गतिमा विकास चाहेको र आफूले पनि त्यस्तै विकास हेर्न चाहेको बताए । करिव एक महिने अमेरिका यात्रामा रहने भटराइले अमेरिकाकाका अन्य क्षेत्रमा नेपालीहरु बसेका शहरहरुमा पुगेर सुझाव लिने बताइएको छ ।
बिहीबार भएको कार्यक्रममा राजदुत डा अर्जुन कुमार कार्की ,महाबाणिज्यदूत प्रेम राजा महत ,अमेरिका नेपाल सोसाइटी ,एनपीपीए ,अन्तर्रा्ष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष गुणराज लुईटेल, खसोखासका प्रधान सम्पादक किशोर पन्थी ,प्रा डा गोपी उप्रेती ,बैज्ञानिकहरु ,बिश्व बैंकमा कार्यरत नेपालीहरुको सहभगिता रहेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ