बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट काँग्रेसमा लिला : अन्र्तघातीलाई मोसो र जुत्ताको माला !

बिहीबार, ०५ साउन २०७४, १० : ०८
बिहीबार, ०५ साउन २०७४

नुवाकोट–स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरु नुवाकोट जिल्लामा हार्नुको कारण काँग्रेसकै जिम्मेवार नेता कार्यकर्ताहरु रहेको निष्कर्ष निकाल्दै आज नुवाकोट काँग्रेसले पार्टीभित्र अन्तर्घात गर्नेहरुलाई मोसो र जुत्ताको माला लगाएर विरोध सभाको आयोजना गर्दैछ । 
विदुर नगरपालिकाका काँग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदावरी दिई पराजित भएका ध्रुव अधिकारीको अध्यक्षतामा विदुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यो चाहीँ अन्र्तघाती नेताको पुत्ला बनाएर जुत्ताको माला लगाउने र मोसो दल्ले कार्यक्रम बनेको हो । 
पार्टीका उम्मेदवार हराउन लागि परेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुको नाम पहिचान भइसकेको र उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्न जिल्ला कार्य समितिलाई दवाव दिनका लागि पराजित काँग्रेसका उम्मेदवारहरुले सार्वजनिक कार्यक्रमको आयोजना गरेका छन् । 
केही दिनअघि विपि कोइरालाको स्मृति दिवसको अवसरमा काँग्रेसले विदुरमा आयोजना गर्ने कार्यक्रममा घाती काँग्रेस नेता कार्यकर्ताहरुलाई मोसो दल्ने र जुत्ताको माला लगाउने कार्यक्रम तय भएको छ । 
अन्र्तघातीहरु काँग्रेसका मात्र दुश्मन होइनन् यीनीहरु जनताको पाटीविरुद्ध उभिएका सामाजका कसिङ्गरहरुसमेत भएकोले आफ्नो माफी जनघातीहरुलाई नभएको नेपाली काँग्रेसबाट बेल्कोटगढीका मेयरका प्रत्यासी यादव नेपालले बताए । 
‘अन्तर्घातले काँग्रेसलाई सिध्याउने प्रयास गरियो’, युवा नेता नेपालले भने–हामी यिनलाई साँकेतिक रुपमा जुत्ताको माला र मोसो दलेर भण्डाफोर गछौँ ।’ साउन ५ गते काँग्रेसले विदुरमा आयोजना गरेको कार्यक्रममा संकेतिक रुपमा अन्र्तघाती नेताको पुत्ला बनाएर जुत्ताको माला लगाउने र मोसो दल्ले कार्यक्रम तय भएको नेपाली काँग्रेसका जिल्ला सदस्य एवं युवा नेता राजु थापाले बताए । 

बैठक सकिएपछि निर्णयहरुको बारेमा जानकारी दिँदै उनले साउन ५ गते हुने कार्यक्रमले घाती नेतालाई कारबाही गर्न जिल्ला कार्य समितिलाई दवाव दिने बताए । पार्टीले भदौ २४ गतेसम्म उनीहरु माथी कारबाहीको लागि सिफारिस नगरे आफुहरुले नै उनीहरुको नाम सार्वजनिक गर्ने तयारी भएको थापाको भनाई छ ।  

विदुर नगरपालिका काँग्रेसको आयोजनामा उक्त कार्यक्रम हुन लागेको भएपनि यसमा नुवाकोट काँग्रेसका पराजित सबै उम्मेदवारहरुको सहभागिता र ऐक्यवद्धता रहेको बताइएको छ । काँग्रेसका उम्मेदवारहरुलाई हराउनका लागि जिल्ला तहकै नेताहरु लागि परेको र उनीहरुको पहिचान भइसकेको विदुर नगरपालिका वडा नंं ४ मा काँग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवार भई पराजित भएका हरिकृष्ण श्रेष्ठले बताए । 

पार्टीको नीति भन्दा बाहिर रहेकाहरुलाई तत्कालै निष्कासन गर्नका लागि आफुहरुले यो अभियान थालेको र यो निरन्तर रुपमा चल्ले उनको भनाई छ । 

विदुर नगरपालिका वडा नंं ५ मा काँग्रेसको तर्फबाट अध्यक्षमा पराजित ुभएका राजेन्द्र अर्यालले काँग्रेसको विचारलाई शुद्धिकरण गर्ने र पार्टीका अन्तरघातीहरुलाई कारबाही गर्ने आवश्वास नेताहरुबाट प्राप्त भएको बताए । नेतृत्व तहमै रहेका जिम्मेवार व्यक्तिहरु काँग्रेसका विरुद्ध निर्वाचनमा लागि परेको प्रमाणहरु आफुहरुले जुटाएको र त्यसैको आधारमा कारबाही सिफारिस हुने उनको भनाई छ । 

साउन ५ गते विदुरमा आयोजना गरिने कार्यक्रममा साङ्केतिक रुपमा मात्रै अन्तघाती काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई मोसो दल्ने र जुत्ताको माला लगाउने बताइए पनि पार्टी तहले कारबाहीको सिफारिस नगरे पराजित उम्मेदवारहरुले नै भदौ २४ गते आयोजना गर्ने कार्यक्रममा पहिचान भएका व्यक्तिहरुलाई कार्यक्रममा ल्याइ जुत्ताको माला लगाउने बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप