शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म नेपालकै पहिलो महिला म्युजिक एरेन्जर हुँ : गायिका दुर्गा साउद

शुक्रबार, २९ भदौ २०७५, १० : ३४
शुक्रबार, २९ भदौ २०७५

दुर्गा साउद पछिल्लो समय चर्चामा रहेकी गायिका हुन् । उनको अहिले चर्चाको विषय गायन नभएर एरेन्जिङ भएको छ । उनी गायनको साथसाथै गीत एरेन्ज समेत सम्हाल्न थालेकी छन् । नेपालको पहिलो महिला म्युजिक एरेन्जर आफू भएको उनको दाबी छ । उनको यो दाबीलाई खन्डन गर्ने अहिलेसम्म भेटिएका छैनन् । बोल्ड तथा स्टेज तताउने खालका गीत गाएकी साउदको समाजसेवाका तिर पनि रुची रहदै आएको छ । जीवन सुख दुःखको मिश्रण बताउने उनको पहिलो गीत ‘नेपाल आमा..’ बोलको २०६३ मा रेकर्ड भएको थियो । त्यस यता उनका करिब डेढ सय बढी गीत बजारमा आएका छन् । हालै मात्र उनको स्वर रहेको चलचित्र ‘दैलो’को ‘छिनेको कम्बरमा..’ गीत बाहिर आएको छ । जसले दिन प्रतिदिन चर्चा पनि बटुल्दै छ । संगीत आफ्ना लागि सबै थोक भएको बताउने यी नै गायिका दुर्गा साउदसँग रातोपाटीको दश प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहन्छ ?
– गायनको अलवा अहिले म्युजिक एरेन्ज पनि थालेकी छु । म नेपालकै पहिलो महिला एरेन्जर हुँ । तर केहीले अरु पनि थिए भन्दै आएका छन् । तर नाम लिन सकेका छैनन् । मैले कही कतै नपाएको र नभेटेकोले आफूलाई पहिलो महिला एरेन्जर दाबी गरेकी हुँ । 

गायन छोड्न लागेको हो र ?
होइन, होइन । गायन नियमित छ । एरेन्ज पनि संगीतको अर्काे पाटो भएकोले रोजेकी हुँ । एरेन्ज जानेपछि गायन पनि सजिलो हुन्छ भनेर रोजेकी हुँ । 

एरेन्जरको काम कति सजिलो रहेछ ?
–सजिलो छैन । निकै कठिन छ । जो कोहीले गर्न असम्भव । गायन जस्तो सजिलो पनि होइन एरेन्ज । यसमा प्राविधिक कुराहरु धेरै हुन्छन् । गाउन स्वर राम्रो भए पुग्छ । एरेन्जका लागि टेक्नीकल्ल कुराको ज्ञान जरुरी छ । 

वर्तमान समयमा गायन पेसा कस्तो छ ?
अहिले गायन निकै सजिलो छ । युट्युव लगायतका विभिन्न सामाजिक सञ्जाल आएकाले चर्चा कमाउन, मिडियामा छाउन सजिलो छ । अहिले विकास भएका अनलाइन मिडियाबाट चर्चा पाउन सकिन्छ । प्राविधिक रुपले सवल स्टुडियोहरु छन् । यसले गर्दा पहिल जस्तो रेडियो नेपालको कम्पिटिसनमा भाग लिएर गायनमा लाग्नुपर्दैन । घरमै बसेर पनि राम्रो गायक बन्न सकिन्छ ।

गायिका मोडलिङमा पनि देख्न सकिन्छ नि ?
हो । धेरै गायिकाले मोडलिङ गरेको मैले पनि देखेकी छु । म पनि गर्नसक्छु होला । आफै गाउने र आफै पर्दामा देखिनको रुपमा मात्र । मोडलको रुपमा भने होइन ।   

सौन्दर्यमा कतिको रुचिछ ?
मेरो विचारमा सबैभन्दा सुन्दरता हेराइमा भर पर्छ । हेराई राम्रो भयो भने सबै सुन्दर देखिन्छन् । बाहिरी सुन्दरताका कुरा गर्ने हो भने सामान्य मेकअप गरेर हिड्न रुचाउँछु ।

गायनको पहिलो आम्दानी ?
एक गीतमा कोरस गायन गरेर ५ सय रुपियाँ कमाएको थिए । त्यो पैसा बर्षाैँसम्म पनि पुजा गरेर राखी रहे । अहिले केमा खर्च भयो याद भएन ।

गायनको अलवा अन्य रुचि ?
घुम्न मनपर्छ । जीवनमा धेरै ठाउँ घुमेर नौला नौला अनुभव लिन मनपर्छ । संसारको सबै चिज आफ्नो आँखाले देख्न पाए हुन्थ्यो भन्ने छ । 

मनपर्ने कलाकार ?
गायिकामा अञ्जु पन्त, आस्था राउत, अभिनेता–अभिनेत्रीमा सञ्चिता लुइँटेल र निखिल उप्रेती मनपर्छ ।

प्रेम विवाह गर्नु भएको हो क्यार, होइन ?
हो । त्यस्तै २०७२ तिर होला । हाम्रो फेसकुबाट पहिलो चोटी चिनजान भयो । उहाँ भारत बस्नु हुन्थ्यो । फेसबुकमा कुरा गर्दा गर्दै लभ पर्यो । उहाँसँगै बिबाह गरे । मैले सोचेजस्तै केटा उहाँमा नै हो । अहिले वैवाहीक जीवन पनि राम्रो चल्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप