शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

असफल रहे अनमोल : आमा सुस्मिताले गरिन् विदेशी युवकसँग इन्गेजमेन्ट

शुक्रबार, २९ भदौ २०७५, ११ : ०४
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं – अभिनेता भुवन केसीकी पूर्वपत्नी तथा अहिलेका स्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । उनले दक्षिण भारतीय नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । 

गत ९ सेप्टेम्बरमा आफुले स्वामीसँग इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छन् । दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका स्वामी पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका छन् । 

‘एक वर्ष अगाडि देखिको प्रेम अहिले विवाहमा परिणत गर्न लागेका हौँ,’ सुस्मिताले भनिन्, ‘पारिवारिक सहमतिमा नै स्वामीसँग इन्गेजमेन्ट भएको हो । यसमा अनमोलको पनि सहमति रहेको छ ।’ सुस्मिताले आगामी भ्यालेन्टाइम डेमा बिबाह गर्ने समेत जानकारी दिइन् । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् ।  

सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टीएपछि एक्लै बस्दै आएकी सुस्मिताले दुई वर्ष अगाडि ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण समेत गरेकी थिइन् । चलचित्रले राम्रो ब्यवसाय नगरेपछि अहिले गुमनाम रहेकी सुस्मिता डेरामा बस्दै आइरहेकी थिइन् । 

भुवनसँग रहँदा उनले ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्र अभिनय गरेकी छन् । 

भुवनको ‘एक्सट्रा म्यारिटल अफेयर’ का कारण उनले डिर्भोस गरेकी थिइन् । 

सुस्मितासँग छुट्टिए पछि भुवन पनि एटिएम गर्ल अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा रहेको चर्चा छ । 

अनमोल पनि भुवनसँगै बस्ने भएकोले आफूले एक्लो भएको कारणले बिबाह गरेको सुस्मिताले बताइन् । 

यसअघि अनमोलले विभिन्न कार्यक्रममा आमा बुबा मिलाएर राख्ने अभिव्यक्ति दिएका थिए । 

अभिनयमा सबैको मन जित्न सफल अनमोलले आमाबुबाको मन जितेर मिलाउन भने सकेनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप