शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री शोविता बनिन् लेखक, ल्याउँदै उपन्यास ‘वराङ्गना’

शुक्रबार, २९ भदौ २०७५, १३ : १५
शुक्रबार, २९ भदौ २०७५

काठमाडौं– अभिनेत्री शोविता सिंखडाअब साहित्यकारको रुपमा चिनिने भएकी छन् । उनी उपन्यास ‘वराङ्गना’मार्फत साहित्यकारको रुपमा देखिन लागेकी हुन् । उनले लेखेको यो उपन्यास ५ असोजमा सार्वजनिक हुँदैछ । 

बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको यो उपन्यासको कभर उनले सार्वजनिक गरेकी छन् । कभर सार्वजनिक भएपछि चारैतिरबाट आफुलाई बिभिन्न प्रतिकृया आएको उनले बताइन् । 

शोविताले तीन बर्ष यो उपन्यास तीन बर्ष लगाएर तयार पारेकी हुन् ।  जसको अहिले प्रचारका लागि भिडियो प्रोमो पनि बनाइएको छ । प्रोमोमा उनी देखिएकी छिन् । प्रोमो काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको छ । 

सन्देश नामक चलचित्रबाट अभिनय थालेकी शोविताले पुगनपुग दर्जन चलचित्र अभिनय गरेकी छन् । टेलिभिजन भिजे हुँदै अभिनयमा होमिएकी उनी अहिले ओशोमा लागेर सन्यासी बन्ने प्रयासमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप