शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालद्वारा भारत ‘ए’ लाई १५७  रनको चुनौती

शुक्रबार, २९ भदौ २०७५, १६ : ००
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ– भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । 

लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङ्गवानी र अजयदेव गौडले चार/चार विकेट लिए । 

यसअघि बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप