बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी मनाउँदैछन् जन्मदिन, यस्ता छन् भव्य कार्यक्रमहरु

शुक्रबार, २९ भदौ २०७५, २० : २०
शुक्रबार, २९ भदौ २०७५

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । 

उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ । 

उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् । 

प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र शुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाएका छन् । 
श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन् । त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नेछन् । 

प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छुट्ट्याइँने भएको छ । 

श्रोतले जनाएअनुसार उनले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । 

वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नेछन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप